कार्ल माक्र्सको देश जर्मनमा हालै सम्पन्न भएको युरोपेली माओवादीहरुको बैठकले विश्वभरि चलिरहेका माओवादी आन्दोलनको पक्षमा ऐक्यबद्धता जाहेर गर्नुका साथै जनयुद्धका क्रममा गिरफ्ता परेका नेताहरुको रिहाईको अभियानलाई विश्वव्यापी बनाउने निर्णय गरेको छ ।

जर्मनमा बसेको बैठकमा कमिटी फ र दि कन्सट्रक्सन अफ कम्युनिस्ट पार्टी (माओइस्ट) गालसिया,
कमिटिज फर दि फाउन्डिङ अफ दि (माओइस्ट) कम्युनिस्ट  पार्टी अस्ट्रिया, कमिटी रेड फ्लाग (एफआरजी) र  माओइस्ट कम्युनिस्ट पार्टी —फ्रान्स, सहभागी थिए ।

युरोपली माओवादीहरुले आफ्नो वक्तव्यमा भनेका छन्-

‘अन्तर्रा्ष्ट्रिय कम्युनिस्ट आन्दोलनको एउटा हिस्साका रूपमा हामी, मार्क्सवादी-लेनिनवादी-माओवादी युरोपेली पार्टी र संगठनहरूबीच आपसी  सम्बन्ध र समन्वय र सहयोग बलियो बनाउन र यस महाद्वीप कम्युनिस्टहरूलाई एकता गरेर संघर्ष गर्न उत्साह प्रदान गर्ने  हाम्रो उद्देश्यलाई मूर्त रुप दिन हाम्रो पहिलो बैठक सफलतापूर्वक सम्पन्न भएको छ । हामीले यसलाई संसोधनवादका  विरुद्धमा र मार्क्सवाद-लेनिनवाद-मओवाद प्रधानत: माओवादका पक्षमा वैचारिक संघर्ष चलाउँदै सर्वाहाराको संसार निर्माण गर्ने अभ्यासका  रूपमा लिएका छौं ।’

जनमेल अनलाइनका अनुसार पेरु, भारत, फिलिपिन्सलगायत विश्भरि माओवादी आन्दोलनका क्रममा गिरफ्तार भएका नेता कार्यकर्ताको रिहाइका निम्ति अभियान बढाउनेबारे उनीहरुले विशेष कार्यक्रम चलाउने बताएका छन् ।

त्यसका लागि उनीहरूले संयुक्त विज्ञेप्तीमा भनेका छन्-

‘हामी फिलिपिन्स, भारत, पेरू र टर्कीप तथा क्रान्तिकारी आन्दोलन अघि बढाइरहेका विश्वका अन्य माओवादी पार्टीहरूप्रति पनि न्यानो अभिवादन प्रकट गर्दछौँ ।  हामी विश्वका विभिन्न जेलमा रहेका कमरेडहरूको जीवनरक्षाको पक्षमा दृढताका साथ उभिन्छौँ । हामी तेस्रो विश्वमा सबैभन्दा पहिले माओवादलाई स्थापित गर्ने र जनयुद्ध चलाउने अध्यक्ष गोन्जालोको सन्दर्भलाई विशेष रूपमा उठाउन चाहन्छौँ । साथै भारतीय जेलमा रहेका कमरेडहरू अजिथ, कमरेड कोबाध गान्धी र साइबाबाको जीवन रक्षाका लागि आवाज उठाउन पनि आह्वान गर्दछौँ ।’

‘माओवादको भलन्डामुनि गोलबद्ध होऔँ’,   ‘साम्राज्यवाद, प्रतिक्रियावाद र संशोधनवादमाथि निमर्म प्रहार गरौं, साम्यवादको अन्तिम लक्षसम्म जनयुद्ध जारी राखौँ’ भन्ने मुल नाराका साथ सम्पन्न यो बैठकले  विभिन्न कार्यक्रमहरु तय गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार