उत्तर कोरियाले बुधबार फेरि अर्को ब्लास्टिक मिसाइल परीक्षण गरेको छ ।

चिनियाँ समाचार एजेन्सी ग्लोबल टाइम्सले दक्षिण कोरियाको रक्षा मन्त्रालयलाई उदृत गर्दै उत्तर कोरियाले यो मिसाइललाई पूर्वी भागतिर परीक्षण गरेको हो ।
सिओल मन्त्रालयका अधिकारीहरुले सिन्हवा समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार उत्तर कोरियाले सो ब्लास्टिक मिसाइल बुधबार विहान ६ :४२ मा परीक्षण गरेको थियो । मिसाइल करिब ६० किलोमिटरको दुरी पारेको गरेको बताइएको छ ।
दक्षिण कोरिया र अमेरिकी सैन्य अधिकारीहरुले अझै पनि गोलाबारी भइरहेको विश्लेषण गर्दै त्यो मिसाइल परीक्षण कस्तो प्रकारको हो भन्ने उनीहरुलाई थाहाँ छैन ।
योनेप न्युज एजेन्सीका अनुसार यो मिसाइल इन्टरनेशनल व्लास्टिक मिसाइल हो या सवमेरिन लन्चर्ड व्लास्टिक मिसाइल भन्ने कुरा थाहा हुन सकेको छैन ।
ग्लोबल टाइम्सका अनुसार उत्तर कोरियाले हालै केही समयअघि मार्च २२ र फेव्रअरी १२ मा पनि मिसाइल परीक्षण गरेको थियो ।







