रुसी राष्ट्रयति भ्लादिमिर पुटिनले सिरियामा अमेरिकाद्धारा गरिएको मिसाइल आक्रमणलाई स्वतन्त्र र सार्वभौम मुलुकमाथिको आक्रमण भन्दै जोडदार रुपमा भर्त्सना  गरेका छन् ।

पुटिनको राष्ट्रपति कार्यालय प्रवक्ता दिमित्री पेसकोभले शुक्रबार एक विज्ञेप्ती जारी गर्दै एउटा सार्वभौम मुलुकमाथि अमेरिकाको आक्रमण भत्र्सनायोग्य भएको बताए । साथै राष्ट्रपति कार्यालयले अमेरिकी आक्रमण अन्तराष्ट्रिय युद्ध नियमको पनि उल्लंघन भएको समेत बताएको छ ।

रुसी न्युज एजेन्सी टासका अनुसार राष्ट्रपति पुटिनले अमेरिकाले इराकमा गरेको आक्रमणलाई डाइभर्ट गर्न र अन्तराष्ट्रिय समुदायलाई भ्रम छर्न सिरियामा विद्रोहीहरुमाथि रसायनिक आक्रमण गरेको हल्ला फैलाएको बताइएको छ ।

विहीबार राती अमेरिकाले सिरियाको सरकारी अड्डामा ५१ वटा क्रुज मिसाइल आक्रमण गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार