अमेरिकाले सिरियामा खसालेको ५९ मिसाइल क्रुजमध्ये २३ वटा मिसाइल मात्र सिरियामा खसेको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।

आज शुक्रबार रुसी रक्षा मन्त्रालयका प्रवक्ता मेजर जनलर इगोर कोनाशेनकोभले यस्तो बताएका हुन् । रक्षामन्त्रालयका प्रवक्ताका अनुसार अमेरिकी मिसाइल प्रभावकारी थिएन ।

रसियन न्युज एजेन्सी टासका अनुसार रुसी रेकडिङ एक्विपमेन्टका अनुसार मात्र २३ मिसाइल सिरियाको एयर बेसमा पुगेको थियो । अरु मिसाइल असफल भएको देखिन्छ ।

रसियन राडार डाटाले देखाएअनुसार रुसी समय ३ : ४२ र ३ : ५६ को बीचम अमेरिकी टोमाहक मिसाइल फायर गरिएको थियो ।

यता अमेरिकाले सिरियामा गरेको मिसाइल आक्रमणलाई रुस र इरानले भत्र्सना गरेका छन् ।

रुसी राष्टपतिका प्रवक्ता दिमित्रोभ पेसकोभले अमेरिका र रुसबीच बन्न लागेको सम्वन्धमा धक्का पुगेको बताएका छन् । यसैबीच इरानी विदेशमन्त्री बहराम घासेमीले पनि सिरियामा अमेरिकाले गरेको मिसाइल आक्रमणको विरोध गरेका छन् ।

अमेरिकाको सिरियामा भएको मिसाइल आक्रमणले फेरि विश्व विभाजित हुने विज्ञहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार