भारतको एउटा अनलाइन पत्रिका लाइभमिन्टले आज भन्दा ५० वष अगाडि भारतको दार्जलिङमा सिलगुरीस्थित नक्सलबारी गाउँबाट शुरु भएको विद्रोहलाई उपमहादिपलाई प्रभाव पार्ने आन्दोलन भनेर लेखेको छ ।

‘नक्सलबारी : इन्डियाज ग्रेटेस्ट वार विथ ईटसेल्फ’ शीर्षकमा लाइभमिन्टले नक्सलबारी आन्दोलनलाई आफैमा भारतको ‘एउटा महान् आन्दोलन’ भनेर चित्रित गरेको छ ।

सन् १९६७ को मेमा नक्सलबारीका किसानहरुले सामन्त र जमिन्दारका विरुद्ध एउटा ऐतिहासिक आन्दोलन सुरु गरेका थिए । लाइभमिन्टका अनुसार सुरुका दिनमा किसानहरुले त्यो नक्सलवारीमा ठूलो प्रभाव पारे । तर प्रतिक्रियावादीहरुको क्रुर दमन र हत्याकाण्डका बाबजुद आन्दोलनको प्रभाव दक्षिण एशियामा मात्र परेन सिंगो उपमहादिपीय क्षेत्रमा समेत रह्यो ।

त्यो नक्सबारी आन्दोलनमा १ बच्चासहित ११ जना निहत्या र निसशस्त्र मान्छेहरुको हत्या गरेर भारतको सरकारले दमनको बाटो अपनाउने काम गर्यो । तर त्यही आन्दोलनको जगमा पछि भारतमा माओवादी आन्दोलनले ठूलो आकार लियो । जुन अहिले भारतीय माओवादी पार्टीको रुपमा भारतमा सबैभन्दा ठूलो क्रान्तिकारी आन्दोलन बन्न पुगेको छ ।

लाइभमिन्ट अनलाइनले भारतको गृहमन्त्रालयलाई उदृत गर्दै क्रान्तिकारी माओवादीहरुको प्रभाव निकै बृद्धि भइरहेको बताएको छ । जसकाअनुसार हालसालै मात्र ९ राज्यका १०९ जिल्लामा माओवादी प्रभाव र विस्तार रहेको छ । जहाँ कि हालै गरिएको अर्को विवरणमा भारतको एकतिहाई भागमा माओवादी प्रभाव विस्तार भएको, ६ सय जिल्ला र १४ राज्यमा माओवादी प्रभाव बढेको बताइएको छ ।

नक्सबारी आन्दोलनको ५० औं वर्षको अवसरमा भारतलगायत विश्वभरि माओवादी क्रान्तिकारीहरुले विभिन्न कार्यक्रम गरेर मनाउँदैछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार