अमेरिकाले सिरियामा ५९ वटा क्रुज मिसाइल हानेको अर्को दिन अमेरिकी नाभी सेना रहेको ठाउँमा रुसले आफ्नो शक्ति प्रदर्शन गरेको छ ।

शक्तिशाली रुसी युद्धपोत मिसाइल पूर्वी मेडेटेरिनियन सागरमा प्रवेश गरेर फर्केको छ । जहाँबाट अमेरिकाले ५९ क्रुज मिसाइल सिरियामा आक्रमण गरेको थियो ।
शुक्रबार रुसी युद्धपोत मिसाइल अमेरिकी नाभी सेना रहेको मेडेटेरिनियन सागर रहेको ठाउँमा पुगेर शनिबार आफ्नो भूमि फर्केको हो ।
अमेरिकी न्युज एजेन्सी फक्सका अनुसार एडमिरल ग्रिगोरभिच आरएफएस 494 नामको रुसी युद्धपोत बोसफोरस सागरको सिधा भएर ब्ल्याक सिबाट केही घण्टा रोकिएर फर्केको हो । अमेरिकी रक्षा अधिकारीहरुको भनाईलाई उदृत गर्दै फक्स न्युजले समाचार लेखेको छ ।
कालो सागरमा रुस र टर्कीको युद्धपोतले सँगै सैन्य अभ्यास समेत गरेको रुसी समाचार एजेन्सी टासलाई उदृत गर्दै फक्स न्युजले समाचार लेखेको छ ।
अमेरिकाले स्वतन्त्र र सार्वभौम मुलुक सिरियामाथि आक्रमण गरेको भन्दै रुसले यसअघि कडा रुपमा भत्र्सना गरेको छ ।
अमेरिकालाई आफुहरुको शक्ति कतिसम्म छ भनेर देखाउन रुसले शक्ति प्रदर्शन गरेको अन्तराष्ट्रिय न्युज एजेन्सीहरुले बताएका छन् ।







