अमेरिकासँग प्रत्यक्ष आमने सामने युद्धको धम्की दिइरहेको उत्तर कोरियाले सिरियामा अमेरिकाले गरेको मिसाइल आक्रमणको घोर भर्त्सना गरेको छ ।

उत्तर कोरियाले सार्वभौम मुलुक सिरिया विरुद्ध अमेरिकी आक्रमण अचाक्ली र असह्य कार्य भनेर विरोध गरेको छ ।

उत्तर कोरियाका एक सरकारी अधिकारीको भनाईलाई उत्तर कोरियाको सरकारी न्जुज एजेन्सीलाई उदृत गर्दै बीबीसीले समाचार लेखेको छ ।

सिरियामा अमेरिकी मिसाइल आक्रमणलार्इ ‘अमेरिका न्युक्लियर कार्यक्रमलाई कतिसम्म बलियो बनाउन चाहन्छ भन्ने दशौं हजारको सबुत प्रमाण हो’ भन्दै उत्तर कोरियाले अमेरिकी मिसाइल आक्रमणको जोडदार रुपमा भत्र्सना गरेको छ ।

‘साम्राज्यवादी आक्रमणबाट हामीलाई यो शिक्षा मिलेको छ कि आफ्नो सैन्य शक्तिलाई झन् बलियो बनाउनु पर्ने भएको छ’ उत्तर कोरियाले भनेको छ- ‘अमेरिकी आक्रमणको आत्म रक्षाका लागि आफ्नो सैन्य शक्तिलाई विविध तरिकाबाट बलियो बनाउने छौं ।’

सिरियामा अमेरिकी मिसाइल आक्रमणपछि उत्तर कोरियाले अब झन् आणविक शक्ति निर्माणलाई सुदृढ गर्ने बताएको छ ।

सिरियामा अमेरिकी मिसाइल आक्रमणलाई रुस, इरान र उत्तर कोरियाले विरोध जनाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार