कोरियाली प्रायदीपमा अमेरिकी सेना शक्ति प्रदर्शन गर्दै

सिरियामा मिसाइल आक्रमण गरेको केही दिनपछि अमेरिकाले कोरियाली प्रायदीपमा नाभी सेनासहितको ठूलो सैन्य शक्ति प्रदर्शन गरेको छ ।

आइतबार अमेरिकाले कोरियाली प्रायदीपमा  नौसैनिक लडाकु जहाज तैनाथ गरेपछि अमेरिका झन् विश्व राजनीतिक रंगमंचबाट एक्लिने भएको छ ।

अमेरिकी युद्धपोत जहाज उत्तर कोरिया र दक्षिण कोरियाको सीमा पर्ने क्षेत्रमा पुगेर अमेरिकी सैनिकहरुले कोरियालाई चिढ्याउने गरी शक्ति प्रदर्शन गरेको छ ।

अबको केही दिनभित्र उत्तर कोरियाले आफ्ना महान् नेता किम इल सुनको जन्म जयन्तीको अवसर पारेर अप्रिल १५ का दिन उत्तर कोरियामा ठूलो शक्ति प्रदर्शन गर्न गइरहेको बेला अमेरिकाले यस्तो शक्ति प्रदर्शन गरेको छ ।

बीबीसीका अनुसार अमेरिकी राष्टपति डोनाल्ड टम्पले उत्तर कोरियाको न्युक्लियर शक्तिलाई आफु एक्लैले पराजित गर्न सक्ने धम्की दिएका छन् ।

अमेरिकाले सिरियामा क्रुज मिसाइल आक्रमण गरेको विरोधमा उत्तर कोरियाले शनिबार मात्र भत्र्सना गरेको अर्को दिन अमेरिकाले कोरियाली प्रायदीपमा सैन्य शक्ति प्रदर्शन गर्नुले अमेरिका विश्वमा शान्ति होइन युद्ध चाहन्छ भन्ने देखाएको छ ।

कोरियाली प्रायदीपमा अमेरिकी सेनाको शक्ति प्रदर्शनले विश्वमा अमेरिका शान्ति होइन युद्ध चाहन्छ भन्ने सन्देश दिएको विज्ञहरुको भनाई छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार