सिरियामा अमेरिकाले क्रुज मिसाइल आक्रमण गरेको तीन दिनपछि  चीनले  त्यो आक्रमणको विरोध गरेको छ ।

सिरियाको सार्वभौमसत्तामाथि सैन्य आक्रमण गर्नु बेठीक भएको भन्दै चीनको विदेश मन्त्रालयले अमेरिकी आक्रमणको विरोध गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले सोमबार एक विज्ञेप्ती जारी गरेर अमेरिकी मिसाइल आक्रमको विरोध गरेका हुन् ।

‘अन्तराष्ट्रिय सम्वन्ध र संरक्षित क्षेत्रीय सार्वभौमसत्ताभित्र रहेर चीन सधै सैन्य बलको प्रयोगको विरुद्धमा छ’, चिनियाँ एक कुटनीतिज्ञले भने, ‘सिरियाको संकट समाधान मात्र राजनीतिक प्रक्रियाबाट हुन्छ ।’

‘सिरियाको भविष्य केवल सिरियाको जनताले गर्न सक्छन्’, विदेश मन्त्रालयका प्रवक्ताले भने- ‘त्यसका लागि चीनले सधै यो कुरामा जोड दिने गरेको छ ।’

प्रवक्ता हुले सबै पक्ष यो  संकटलाई हल गर्न चाडै तयार हुनु पर्ने बताएका छन् ।

अप्रिल ७ मा अमेरिकी राष्ट्रपति ट्रम्पको आदशेमा अमेरिकाले सिरियामा ५९ मिसाइल क्रुज मिसाइल आक्रमण गरेको थियो ।

ढिलोगरी चीनले सिरिया आक्रमणको विरोध गरेपछि अमेरिका सबैतिर एक्लो हुँदै गएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार