अरुणाचलमा भारतको अवैधानिक हस्तक्षेपका कारण कठिन जीवन बाँचिरहेका त्यहाँका नागरिकहरु बेइजिङ फर्किन चाहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

अरूणाचलबासी जनताहरू
चीनले अरुणाचलमा भारतले गैरकानुनी हस्तक्षेप गरेको भन्दै यसबारेमा तिखो आलोचना पनि गरेको छ। चीनले यहाँका नागरिका भारतसँग असन्तुष्ट रहेको अवस्थमा दलाई लामालाई यस राज्यको भ्रमणको अनुमति दिएकोमा पनि आपत्ति जनाएको छ।
बेइजिङले अरुणाचलबासीको आपत्तिकाबीच भारतले त्यहाँ हस्तक्षेप जारी राखेमा यसले दुवै देशको सीमा विवाद हल गर्ने कोशिशमा नकारात्मक असर पर्नेतर्फ पनि सचेत गराएको छ।
चीनले अरुणाचलको तवाङ्गलाई तिब्बतको दक्षिणी भाग मान्दै आएको छ । समाचार एजेन्सीका अनुसार चाइना डेलीले बुधबार आफ्नो एक लेखमा भनेको छ, “भारतको गैरकानूनी उपस्थतिका कारण दक्षिणी तिब्बतका मानिस कष्टपुर्ण जीवन बिताइरहेका छन् । उनीहरुले कयौँ किसिमका भेदभावको सामना गरिरहनुपरेको छ। त्यहाँका बासिन्दा अब चीनको आशमा बसेका छन् र उनीहरु बेइजिङ फर्कन चाहन्छन् ।’
यसअघि चीनले दलाई लामाको अरुणाचल प्रदेशको खासगरी तवाङ्ग भ्रमणको विरोध गरेको थियो । चीनका सञ्चारमाध्यम र विदेश मन्त्रालयले कयौँ पटक तिब्बतीका आध्यात्मिक गुरुको भ्रमणको चर्को विरोध गरेका छन्।







