
आज उत्तर कोरियाका महान् नेता किम इल सुङको जन्म दिन हो । अप्रिल १५ सन् १९१२ मा जन्मेका सुङले लामो देशभक्ति संघर्ष गरेर कोरियालाई मुक्त गरेका थिए ।
करिब एक शताव्दी जापानको उपनिवेशमा रहेको कोरियालाई मुक्त पार्न नेता सुङको ठूलो भूमिका छ । उनको नेतृत्वमा सन् १९४५ मा चिनियाँ महान् क्रान्तिकारी नेता माओको सहयोगमा कोरिया जापानको दासताबाट मुक्त भयो ।
दोस्रो विश्वयुद्धमा रुससँगको गठबन्धनमा रहेको अमेरिकाले कोरियामा रहेको जापानी सेनालाई लखेट्न दक्षिणी क्षेत्रमा मोर्चा खोल्यो । यता उत्तरतिरबाट रुस र चीनले ।

रुस र चीनले उत्तरबाट जापानी सेनालाई लखेटे र आफ्नो देश फर्किए । तर अमेरिकाले कोरियाको दक्षिणी भागमा जापानी सेनालाई पराजित गरेर उही अड्डा जमायो ।
वास्तवमा अमेरिकाले नै कोरियालाई विभाजन गरिदियो । सन् १९४८ तिर कोरिया विभाजित भए । नेता सुङको नेतृत्वमा कोरिया क्रान्तिकारी कम्युनिस्ट देशको रुपमा चिनियो भने दक्षिण कोरिया अमेरिकाको कठपुतलीको रुपमा देखियो ।
यसपछि झन् उत्तर कोरियाले अमेरिकासँग लामो राष्ट्रिय मुक्ति युद्ध लड्यो । सुङको नेतृत्वमा सन् १९५० देखि १९५३ सम्म चलेको भीषण लडाइँमा ३ लाख कोरियाली जनताले बलिदान गरे । त्यही बलिदान र सुङको सफल नेतृत्वका कारण अमेरिकाले पराजय भोग्नु पर्यो ।

आज पनि अमेरिका त्यो बेला उत्तर कोरियासँग आत्मसमर्पण गरेका कारण त्यसको बदला लिन चाहिरहेको छ । तर सकिरहेको छैन ।
उत्तर कोरियामा व्यवस्थित समाजवादको स्थापना सन् १९५३पछि मात्र भयो । अमेरिकासँग ३ वर्ष लामो लडाइँ लडेर खरानीको थुप्रोमा टेकेर किम इल सुङको नेतृत्वमा समाजवादको अभ्यास सुरु भयो ।
किम इल सुङको आत्मनिर्भर अर्थतन्त्रमा आधारित जसलाई जुछे विचारधारा भनिन्छ, त्यसैको जगमा आज उत्तर कोरिया समाजवादी सत्ता निर्माणमा अगाडि बढिरहेको छ । जसले विश्वलाई नयाँ सन्देश दिइरहेको छ ।
आज उत्तर कोरियामा महान् नेता किम इल सुङको १०५ औं जन्मजयन्तीको अवसरमा कोरियाली सेनाले भव्य परेडको आयोजना गर्दैछ ।

कोरियाका महान् नेता किम इल सुङ (बायाँ) र उनका छोरा एवं नेता किम जुङ इल (दायाँ)

सन् २०१६ मा आयोजना गरिएको कोरियाली सैन्य परेड







