
उत्तर कोरियाले शनिबार प्रदर्शन गरेको दुई शक्तिशाली मिसाइल
उत्तर कोरियाले आज शनिबार विशाल सैन्य परेडसहित अमेरिका ध्वस्त पार्ने दुईवटा शक्तिशाली न्युक्लिएर मिसाइल प्रदर्शन गरेको छ ।
सिएनएनका अनुसार आजको शक्ति प्रदर्शनमा उत्तर कोरियाले दुईवटा नयाँ इन्टरनेशनल ब्लास्टिक मिसाइल प्रदर्शन गरेको छ । साथै उसले अमेरिकासँग न्युक्लिएर युद्ध लड्न तयार रहेको समेत बताएको छ ।
सिएनएनले सैन्य विज्ञहरुलाई उदृत गर्दै लेखेको छ कि उत्तर कोरियाले आज प्रदर्शन गरेको दुईवटा नयाँ इन्टरनेशनल ब्लास्टिक मिसाइलले अमेरिकाको मुख्य भूमि र युरोपलाई ध्वस्त पार्न सक्छ ।

कोरियाली प्रायदीपमा अमेरिकाले शक्ति प्रदर्शन गरेको तनावका बीचमा उत्तर कोरियाले विशाल सैन्य प्रदर्शन गरेको हो ।
उत्तर कोरियाका महान् नेता किम इल सुनको १०५ औं जन्मजयन्तीको अवसरमा कोरियाले भव्य र विशाल सैन्य प्रदर्शन गरेको छ ।







