युरोपमा पुँजीवादी शोषण भयावह भएको भन्दै वैज्ञानिक समाजवादले मात्र मजदुरको सही मुक्ति हुने भन्दै विप्लव नेतृत्व कम्युनिस्ट पार्टी निकट बेल्जियम जनप्रगतिशली मोर्चाले संघर्षमा आउन अपिल गरेको छ ।

विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी निकट नेपाल जनप्रगतिशील मोर्चा, बेल्जियमले आसन्न मजदुर दिवस १ मेका अवसरमा बेल्जियमको आन्टेर्पेन जुइडमा श्रमिक वर्गको पक्षमा एक कार्यक्रमको आयोजना गर्दैछ ।

युरोपमा अहिले पनि १५,१६ घण्टा काम गरेर पनि मजदुरको जीवन माथि उठ्न नसकेको भन्दै विप्लव नेतृत्व कम्युनिस्ट पार्टी जनप्रगतिशील मोर्चाले ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आरामको माग लिएर अन्दोलन गर्ने भएको छ ।

नेपाली जनप्रगतिशी मोर्चा बेल्जियमका अध्यक्ष मेख तमुद्धारा प्रेसित विज्ञेप्तीमा वैज्ञानिक समाजवादको निर्माणमा आउन अपिल गरिएको छ ।

मोर्चाद्धारा प्रेसित विज्ञेप्तीको पूरा पाठ ः

पुँजीवादी राज्यहरु जनतालाई कर बढाउने, अर्बपति/खर्बपति पुँजीपतिहरुलाई कर छुट, आर्थिक अनुदान र सहुलियत दिने, हरेक वस्तुमा मूल्य वृद्धि गराउने, दैनिक जीवनमा अती आवश्यक पानी, विजुली र खाध्यवस्तुमा मूल्यवृद्धि, प्रयोग गरेको इकाइको मूल्य बाहेक अतिरिक्त शुल्क समेत चुक्ता (उदाहरणको लागि पानीको सामान्य प्रयोग गर्ने परिवार र अधिक मात्रामा प्रयोग गर्ने परिवार भनेर छुट्याउने र धेरै प्रयोग गर्ने परिवारलाई प्रयोग गरेको इकाइको मूल्य तिर्दा पनि नपुगेर बढी प्रयोग गरेको नाममा अतिरिक्त मूल्य भुक्तानी) गर्नु परेको छ ।

जनताले विगत लामो समयदेखि उपभोग गर्दै आइरहेका प्रजातान्त्रिक अधिकारहरु एक एक गर्दै खोस्दै जानु, कमजोर देशको प्राकृतिक र अन्य श्रोत साधन कब्जा गर्न ती देशहरुमा युद्ध थोपरेर निर्दोष नागरिकहरुको कत्लेआम गर्नु जस्ता अत्यन्तै अमानवीय कामहरुमा लागि परेका छन् ।

यस्ता कारणहरुले गर्दा सय वर्ष भन्दा अगाडि मजदुरहरुको बलिदानिपूर्ण संघर्षले स्थापित गरेको “८ घण्टा काम, ८ घण्टा मनोरन्जन र ८ घण्टा आराम” भन्ने आधारभूत नियम वर्तमानमा लागू भएको छैन । पुंजीको चरम विकास भएका भनिने देशमा पनि आम जनताले ८ घण्टा मात्र काम गरेर सामान्य जिवन निर्वाह गर्न सक्ने अवस्था छैन ।

१५,१६ घण्टा काम गर्नु सामान्य जस्तै बनेको छ । एउटै शहरमा पानी, बिजुलीको महशुल तिर्न नसक्दा हजारौं मानिसहरुको बत्ती र पानीका आपूर्ति बन्द गरिदिएको अवस्था छ । यो भयावह अवस्थाको हल समाजवादमा वाहेक अन्यत्र सम्भव छैन । समाजवादको पक्षमा अन्तरराष्ट्रिय मजदुर दिवसको अवसरमा बेल्जियमको विभिन्न शहरहरुमा ‘समाजवादी मार्गमा अगाडि बढौं’ भन्ने नाराका साथ हजारौं हजार जनसमुदायहरु विरोध ऱ्यालीमा सहभागी हुने गर्छन ।

त्यसैले उक्त ऱ्यालीमा शान्ति,समानता र सम्वृद्धिको लागि वैज्ञानिक समाजवादको मार्गमा अगाडि बढौं भन्ने व्यानरमा नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियम पनि सहभागी हुंदैछ ।

समग्र श्रमजीवी वर्गको हितमा हुने उक्त ऱ्यालीमा सहभागी भइदिनको लागि बेल्जियम स्थित नेपाली संघसंस्थाका मित्रहरु, पत्रकारहरु र सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

मिति : ०१ मे २०१७ स्थान : म्युजियम आन्ट्वेर्पेन जुइड नी समय : विहान १० वजे अध्यक्ष मेख तमु नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियम

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार