
कोरियाली प्रायदीपमा अमेरिकाले तनाव पैदा गरिरहेको बेला उत्तर कोरियाले अमेरिकीहरुलाई चेतावनी दिदै कुनैपनि बेला युद्ध हुन सक्ने
चेतावनी दिएको छ ।
सिएनएनले उत्तर कोरियाका डेपुटी संयुक्त राष्ट्रसंघ दुत किम इन रोङलाई उदृत गर्दै समाचार लेखेको छ ।
अमेरिकी फक्स टेलिभिजनको अनलाइन संस्करणलाई आफ्नो भनाई राख्दै किमले अमेरिकाकै कारण न्युक्लिएर युद्ध हुने बताएका छन् ।
अमेरिकी फक्स टेलिभिजनको अनलाइन संस्करणले समाचार लेखेअनुसार उत्तर कोरियाले एक दशकको बीचमा अमेरिका, जापान र दक्षिण कोरियाका कयौं मान्छेलाई अपरण गरेको भन्दै अहिले पनि अपहरण गर्ने धम्की दिएको बताइएको छ ।
किमले अहिलेको विश्वको सवैभन्दा ठूलो समस्या कोरियाली प्रायदीप हो भन्दै यही कारणले आणविक युद्ध हुने बताएका छन् ।







