अमेरिका र पश्चिमाहरुलाई हतियार र प्रविधिमा उछिनेको रुसले अहिले पछिल्लो समया नयाँ र निकै शक्तिशाली प्रविधिको विकास गरेको छ ।

त्यो हो रुसले बनाएको नयाँ प्रविधिबाट अमेरिकाले अहिलेसम्म निर्माण गरेका सबै अत्याधुनिक हतियारहरुलाई निश्प्रभावी बनाउन सक्ने प्रविधिको विकास गरेको छ ।

अमेरिकी समाचार एजेन्सी फक्स न्युजले रुसको सरकारी सैन्य अधिकारीलाई उदृत गर्दै यस्तो समाचार लेखेको छ ।

फक्स न्युजका अनुसार रसिएन इलेक्टोनिक वायरफेयर(आरइडव्लु) टुप्सले अमेरिकाको मिसाइल, हवाई लडाकु विमान र लडाकु पानी जहाज सबैलाई निश्प्रभावी बनाउन सक्ने प्रविधिको विकास गरेको छ ।

रुसको यो प्रविधि विकासलाई अमेरिकी एक सैनिक जनरलले समेत स्वीकार गरेका छन् । अमेरिकी जनरल फ्रयान्क गोरेन्सले यस्तो स्वीकार गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार