उत्तर कोरिया र अमेरिकाबीचको खिचातानी चलिरहँदा सोसल मिडियामा हालै सार्वजनिक भएको एउटा भिडियाले विश्वलाई झस्काइदिएको छ।

भिडियो हेरेपछि परमाणु युद्ध अर्थात् तेस्रो विश्वयुद्ध शुरु हुने शंकाले धेरै मान्छे वैचैन भएका छन् । भिडियोमा उत्तर कोरियाले अमेरिकी सहरमा परमाणु बम खसालेको दृश्य छ। परमाणु बमले अमेरिकी सहर संरचनामा आगोको लप्कामा परिणत भएको दृश्य देखाइएको छ।
यो भिडियो सार्वजनिक भएपछि धेरै अमेरिकीहरु बेचैन भएका छन् ।
भिडियोको दृश्यमा उत्तर कोरियाका नेता किम जोङ उनको स्वागत गरेको देखाइन्छ। अर्को दृश्यमा उत्तर कोरियाको तर्फबाट अन्तरमहाद्विपीय ब्यालेष्टिक मिसाइलले अमेरिकाको शहरमा परमाणु बम खसालिन्छ। बमले अमेरिकी सहरलाई आगोको लप्कामा परिणत गर्दिन्छ।
भिडियोमा अमेरिकी झन्डा पनि जलेको देखाइएको छ। त्यसपछि उत्तरकोरियाली नेता किम तथा सेनाका अधिकारीहरू ताली बजाएर खुशी मनाउँछन्। उत्तर कोरियाली सैनिकले ब्यान्ड बजाउँछ ।
संयुक्त राष्ट्रसंघमा उत्तर कोरियाले अमेरिकाको चेतावनी दिँदै आफूलाई सिरिया नसम्झन चेतावनी दिएको छ। आफूमाथि आक्रमण भए अमेरिकाले परमाणु बम हमला सामना गर्नुपर्ने उसले चेतावनी दिएको छ। उसले यतिसम्म भनेको छ अब उसले प्रत्येक साता परमाणु परीक्षण गर्नेछ। उसलाई त्यसो गर्न कसैले रोक्न सक्ने छैन।
अमेरिकी दादागिरीको जवाफ दिन उत्तर कोरिया तयार रहेको उसले उल्लेख गर्दै आएको छ। नाभिकीय निगरानी दक्षिण कोरिया तथा प्रशान्त महासागरमा मात्र होइन अमेरिकी भूमिमा रहेको सैन्य अखडामा पनि बढाइएको उत्तर कोरियाले उल्लेख गरेको छ।
हेराैं अमेरिका ध्वस्त भएको भिडियो –
https://youtu.be/HQYzv36o43I







