
अमेरिकी क्यारियर स्ट्राकइक एयरक्राप्ट
अमेरिकाले कोरियाली प्रायदीपमा जारी तनावका बीच सोमबार पुन: अमेरिकी युद्ध विमान पठाएको छ ।
कोरियाली प्रायदीपमा अमेरिकाले युद्ध विमान पठाएपछि उत्तर कोरियाले न्युक्लिएर मिसाइल हान्ने धम्की दिएको केही समयछिपछि आज सोमबार पुन अमेरिकी युद्ध विमान त्यसतर्फ प्रस्थान गरेको छ ।
अमेरिकी निकट समाचार एजेन्सी रोयटर्सका अनुसार सोमबार अमेरिकी एयरक्राप्ट क्यारिएर स्ट्राइक ग्रुप कोरियाली प्रायदीपमा प्रस्थान गरेको छ ।
उत्तर कोरियाले अमेरिकामाथि मिसाइल आक्रमण गर्ने धम्की दिइरहँदा पुन उत्तर कोरियाले अर्को मिसाइल परीक्षण गर्ने तयारी गरिरहेको रोयटर्सले लेखेको छ ।
यता चीनले अमेरिकाद्धारा कोरियाली प्रायदीपमा अमेरिकी युद्ध विमान पठाएपछि उत्तर कोरियासँग युद्धको संकेत बढेको भन्दै चिन्ता व्यक्त गरेको छ । चीनले यस्तो कार्य रोक्न अमेरिकालाई आग्रह गरेको छ ।







