भारतको छत्तीसगढमा भारतीय सेना र माओवादी सेनाबीच भएको लडाइँमा माओवादी जनसेनालाई ठूलो सफलता हात परेको छ । सो लडाइँमा २४ भारतीय सेनाको मृत्यु भएको छ ।

छत्तीसगढको सुकमामा माओवादी जनसेनाले गरेको आक्रमणपछि भएको भिडन्तका क्रममा त्यही स‌ंख्यामा भारतीय सेनाको हताहती भएको हो । यो घटनामा अन्य ६ जना भारतीय सैनिक मारिएका छन् । माओवादीले आक्रमणपछि भारतीय सैनिकसँग रहेका सबै अत्याधुनिक हतियार पनि कब्जा गरेका छन् । आक्रमणमा गम्भीररुपमा घाइते भएका सैनिकहरुलाई उपचारका लागि छत्तीसगढकै रायपुरमा लगिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

समाचार अनुसार सीआरपीएफका यी सेनाहरू सोमवार बिहान गस्तीमा निस्केका थिए । दिउँसोको समयमा जब भारतीय सेनाको  टुकडी एक ठाउँमा रोकिएको बेला धराप थापेर बसेका माओवादी जनसेनाले धावा बोलेका थिए ।

भारतीय सेनाहरुको दस्ता जङ्गलतर्फ अघि बढिरहेका बेला यो हमला भएको हो । दोरनापाल नजिकै पास सडक निर्माणको अवस्थाबारे जानकारी लिन उनीहरु निस्केका थिए । समाचार अनुसार घरेलु विस्फोट पड्काएर सेनामाथि हमला सुरु गरिएको थियो ।आक्रमणमा परेका सबै जवान सीआरपीएफको ७४ बटालियनका थिए । एक वरिष्ठ अधिकारीका अनुसार घाइतेलाई घटनास्थलबाट निकाल्न हेलिकोप्टर पठाइएको छ । मारिएका जवानको शव र घाइतेलाई घटनास्थलबाट उद्धार गर्ने क्रम जारी छ ।

छत्तीसगढ राज्यका मुख्यमन्त्री रमन सिंहले हमलापछि आफ्नो दिल्ली यात्रा रद्द गरेर आपत्कालिन बैठक बोलाएका छन् । अर्कातिर भारतीय गृहमन्त्रालयले पनि अवस्थाबारे जानकारी लिन बैठक बोलाएको छ ।

समाचार अनुसार सैनिकमाथि हमला गर्न कम्तिमा १ सय ५० जना माओवादी सेना आएका थिए । माओवादीको समूह ५०-५० को समूहमा त्यहाँ पुगेका थिए । माओवादी सबै गाउँलेको भेषमा आएर आक्रमण गरेको वताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार