
उत्तर कोरियासँग कडा दुश्मनी साँधेको देश अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनको प्रंशसा गरेका छन् ।
अमेरिकी एक सिबिएस टेलिभिजनलाई लामो अन्तरवार्ता दिदै ट्रम्पले उत्तर कोरियाली नेता किमलाई निकै ‘बलियो मान्छे’को संज्ञा दिएका छन् । साथै ट्रम्पले किमलाई एउटा ‘मीठो बिस्कुट’को रुपमा पनि तुलना गरेका छन् ।
कोरियाली प्रायद्धीपमा जारी तनावले यी दुई देशबीच भीषण युद्धको संभावना बढेर गएको बेला ट्रम्पले कोरियाली नेता किमलाई गरेको प्रंशसा निकै आश्चार्यजनक रहेको देखिन्छ ।
बीबीसीले सिबिएस टेलिभिजनलाई उदृत गर्दै लेखेको समाचारमा ट्रम्पले कोरियाली नेता किमलाई ‘स्ट्रङ्ग मान्छे’को रुपमा लिएका छन् ।
ट्रम्पले उत्तर कोरियालाई ठूलो व्यापारभन्दा पनि ठूलो समस्याको रुपमा चित्रण पनि गरेका छन् ।
बीबीसीले लेखेको छ :








