
पुँजीवाद नाफा कमाउनेहरूको व्यवस्था भएकोले त्यसको विकल्प वैज्ञानिक समाजवादले मात्र मजदुरहरुलाई मुक्ति दिने भन्दै युरोपका क्रान्तिकारी समाजवादीहरु सडकमा उत्रिएका छन् ।
ढिलोगरी प्राप्त समाचारअनुसार बेल्जियमा क्रियाशिल वामपन्थी दल र मजदुर संगठनका सदस्यहरु मई दिवसको अवसरमा मंगलबार सडकमा उत्रेका हुन् । सो आयोजित ऱ्यालीमा नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमले समेत भाग लिएको थियो ।
बेल्जियमको एन्टवेर्पन शहरमा आयोजित रयालीमा हजारौं मजदुरहरु सहभागी भएका थिए ।
बेल्जियमको वामपन्थी दल वर्कस पार्टी, बेल्जियम समाजवादी दलहरु, मजदुर संगठन र संसाथहरुले संयोजन गरेको ऱ्यालीले विभिन्न समाजवादी नाराहरु घन्काउंदै शहर परिक्रमा गरेको थियो । मजदुर दिवसको भब्य जुलुसमा मोर्चाका सल्लाहकार लगायत पदाधिकरी तथा सदस्यहरुको उत्साहपूर्ण उपस्थिती रहेको थियो ।
‘शान्ति,समानता,स्वाधिनता र सम्वृद्धिको लागि वैज्ञानिक समाजवादको मार्गमा अगाडि बढौं’ भन्ने व्यानर लिएर मोर्चाले उक्त ऱ्यालीमा सहभागी भएको हो । १२८ औं मजदुर दिवसको र्यालीलाई वर्कस पार्टी, बेल्जियमका अध्यक्ष पेटर मेर्टेन्सले सम्बोधन गरेका थिए ।

युरोप बेल्जियममा रहेका क्रान्तिकारीहरु सडकमा







