भारतका सशस्त्र माओवादी आन्दोलन अगाडि बढाइरहेका भारतीय माओवादीहरुलाई हालै एउटा ठूलो फाैजी अाक्रमण गरेका छन् ।

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का जनमुक्ति छापामार सेनाको एम्बुसमा परेर महाराष्ट्रको गाडचिरोली क्षेत्रमा अर्धसैनिक बल कमान्डो-६० का १५ भन्दा बढी जवान गम्भीर रूपमा घाइते भएको र १ जनाको मृत्यु भएको कुरा भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सो क्षेत्रमा ४८ घण्टामा तीनओटा भिडन्तका घटनाहरू भएको र घाइते र मृत्यु हुनेहरूको सङ्ख्या यो भन्दा बढी हुनसक्ने कुरा पनि समाचार माध्यमहरूले जनाएका छन् । मंगलवार मात्र सिआरपिफ र महाराष्ट्र प्रहरीका तीनजना जवान माओवादीसितको भिडन्तमा घाइते भएका थिए ।

पहिलो एम्बुसपछि त्यसलाई सहयोग गर्न गएको एम्बुस-प्रतिरोधी गाडी नै एम्बुसमा परेको बुधबार साँझको त्यो घटनाबारे थुप्रै विवरण बाहिर आउन बाँकी रहेको कुरा पनि समाचार माध्यमहरूले जनाएका छन् । सो क्षेत्रमा अहिले सरकारले कम्बिङ अप्रेसन चलाइरहेको छ ।

स्मरण रहोस, भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले मे महिनालाई नक्सलबाडी किसान विद्रोहको ५० औँ वार्षिकोत्सवको महिनाको रूपमा मनाउने निर्णय गरेको छ ।

जनमेलबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार