आफ्ना नेता किम जोङ उनलाई अमेरिका र दक्षिण कोरियाले षडयन्त्र गरेर मार्न खोजेको भन्दै उत्तर कोरियाले यी दुई देशमाथि आक्रमण गर्ने चेतावनी दिएको छ ।

शुक्रबार उत्तर कोरियाको सरकारी न्युज एजेन्सी केसीएनएका अनुसार अमेरिकी गुप्चर संस्था सिआइए र दक्षिण कोरियाको गुप्तचर संस्था इन्टेलेजेन्स सर्भिस(आइएस)को योजनामा किम जोङ उनलाई मार्ने षडयन्त्र गरिएको बताइएको छ ।

केसीएनएलाई उदृत गरेर पश्चिमा समाचार एजेन्सी सिएनएन र दक्षिण कोरियाली न्युज एजेन्सी योन्यापन्युजले पनि समाचार लेखेका छन् ।

समाचार एजेन्सीहरुका अनुसार अमेरिकी गुप्तचर संस्था सिआइए र दक्षिण कोरियाको गुप्तचर संस्थाले आफ्ना मान्छे उत्तर कोरियाभित्र घुसपैठ गराएर नेता किम जोन उनमाथि ‘बायो केमिकल पदार्थ’द्धारा आक्रमण गर्ने षडयन्त्र गरेको उत्तर कोरियाले बताएको छ ।

अमेरिका र दक्षिण कोरियाले आफ्ना नेता उनमाथि षडयन्त्र गरेर आक्रमण गर्न खोजेको भन्दै आफुहरुले ती षडयन्त्रकारीमाथि आक्रमण गर्ने चेतावनी दिएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार