
फिलिपिन्समा नेशनल पुलिसको कार्यालयमा माओवादी सेनाहरुले गरेको आश्चार्यजनक आक्रमणबाट कार्यालय जनसेनाहरुको कब्जामा परेको छ ।
माओवादी सेनाहरुले हालै केही दिन अघि ४ मईका दिन बेलुकी ५ बजे जनसेनाहरुले
फिलिपिन्सको बारान्गे अनानफटान अमुलुन केग्येनमा रहेको फिलिपिन्स नेशनल पुलिस (पीएनपी) स्टेशनमा आक्रमण गरेर चार थान एम १६ राइफल र २ थान ९एमएम पिस्तोल कब्जा गरेका छन् ।
पीएनपीले अवैधानिक तवरले आफन कार्यकर्ता र जनतालाई गिरफ्तार गरेर अनावश्यक दुख दिइरहेपछि माओवादी पार्टीका जनसेनाले यस्तो आक्रमण गरेको पार्टीले जनाएको छ ।
माओवादी जनसेनाहरुले यो आक्रमण गरेपछि यो ठाउँमा फिलिपिन्स सरकारका सेनाहरुको उपस्थिति देखिन छाडेको छ ।







