दक्षिण कोरियामा भएको राष्ट्रपति निर्वाचनमा मून जे इन निर्वाचित भएका छन् ।

मून दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित भएसँगै उत्तर कोरियालाई हेर्ने अघिल्ला नीतिमा पूरै परिवर्तन गरिने भएको छ ।

निर्वाचित राष्ट्रपति मूनले उत्तर कोरियासँग भएको वैमनस्य सम्वन्धलाई राम्रो बनाउन कुटनीतिक पहल समेत गरेको विदेशी समाचार एजेन्सीहरुले बताएका छन् ।

विदेशी समाचार एजेन्सीहरुका अनुसार केही समयअघि महाअभियोग लागेर राष्ट्रपतिबाट हटाइएकी पार्क जेयन हुनले उत्तर कोरियाबारे बनाएको नीतिलाई निर्वाचित राष्ट्रपति मूनले पूर्ण रुपले खारेज गर्ने भएका छन् ।

महाअभियोगबाट अपदस्त भएकी पार्कलाई अमेरिकी परस्तका रुपमा चिन्ने गरिन्छ ।

नव निर्वाचित राष्ट्रपति मून आएसँगै यसले उत्तर र दक्षिणको सम्वन्ध राम्रो बनाउने देखिएको छ भने वर्षौदेखि रहेको अमेरिकी दबादबालाई पनि अन्त्य गर्ने बुझिएको छ ।

पोलले देखाएको पछिल्लो नतिजामा डेमोक्रेटिकका तर्फबाट मूनले ४१.४ प्रतिशत मत पाएका छन् भने लिवर्टी पार्टी कोरियाका तर्फबाट होन जोन प्याओले २३.३ प्रतिशत पाएका छन् भने तेस्रोमा पिपुल्स पार्टीका एन च्योल सोले २१.८ प्रतिशत मत पाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार