भारतको छत्तीसगढको सुक्मामा भारतीय माओवादीहरुले हालै केही समयअघि गरेको शक्तिशाली फौजी आक्रमणले भारतको राजधानी दिल्ली नराम्रोगरी हल्लिन पुगेको छ ।

केही समय अगाडि  छत्तीसगढको सुक्मामा भारतीय माओवादीको आक्रमणमा विशेष तालिमप्राप्त अर्धसैनिक बलका कमाण्डो फोर्सका तीन दर्जन जवानहरुको मृत्यु र अत्याधुनिक हतियार कब्जा भएका थिए ।

सो आक्रमणको चोटले राजधानी दिल्लीमा मे ८ मा गृहमन्त्री राजनाथ सिंहको अध्यक्षतामा विशेष बैठक सम्पन्न भएको छ । बैठकमा रक्षामन्त्रीदेखि १० राज्यका मुख्यमन्त्रीहरु समेत सहभागी थिए ।

माओवादी प्रभावित राज्यहरु बिहार, आन्ध्रप्रदेश, ओडिसा, मध्यप्रदेश, महाराष्ट छत्तिसगढ, झारखण्डलगायत मुख्यमन्त्रीहरुको उपस्थितिमा बैठकमा केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले छत्तिसगढको सुक्का घटनालाई अमेरिकाको ९११ को घटनाको रुपमा लिएको बुझिएको छ ।

गृहमन्त्री सिंहले चाँदीको गोलीले नक्सल समस्या समाधान नहुने भन्दै आक्रमक हुन सरकारका सबै संयन्त्रलाई कडा निर्देशन जारी गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार