
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले कोरियाली प्रायद्धीपमा कुनै पनि बेला युद्ध हुन सक्ने बताएका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा विजुक्छेले कोरियाली प्रायद्धीपमा युद्ध हुने या नहुने भन्ने मुख्य हात अमेरिकामा रहेको बताए ।
उत्तर कोरियामा एउटै वंशले राज्य गरेको भन्ने सवालमा विजुक्छेले कोरिया अहिले पनि युद्धविराममा मात्र रहेको र जुनसुकै बेला अमेरिका र उसको कठपुतली देश दक्षिण कोरियासँग लडाइँ हुने भएकोले त्यहाँ एउटै वंशले शासन गरेको जस्तो देखिएको मात्र बताए ।
उत्तर कोरियाको आफ्नै संवेदनशीलता रहेकोले त्यहाँको संवदेनशीलतालाई सारा विश्वले बुझिदिनु पर्ने विजुक्छेको आग्रह थियो ।
बाँकी विजुक्छेले कार्यक्रममा बालेका केही अंशहरु :
पश्चिमी पाहुनाहरू नै प्रजग कोरियालाई ‘सपनाको देश’, त्यहाँको प्रगतिलाई ‘आश्चर्यजनक’, ‘विस्मयकारी’ (मिराकल), नसोचेको जस्तो प्रगति बताउँथे । मेरो विचारमा प्रजग कोरिया वीरहरूको मात्र देश होइन, कलाकारहरूको पनि देश हो । निर्माणको द्रुतताको कुरा गर्ने हो भने ११ महिनाभित्र ५ लाख जनताको निम्ति आधुनिक आवास क्षेत्र बनाइएको थियो ।
किम इल सङ एक सर्वोच्च कमाण्डर इन चिफ, वीर र धीरमात्रै होइनन्, एक कवि, लेखक र ‘शताब्दीसँग’ को संस्मरणमा उहाँले सा¥है मर्मस्पर्शी सम्झनाहरूको लिपिबद्ध गर्नुभएको छ । यसकारण उहाँ महाकाव्यका एक महानायक हुनु सा¥है सान्दर्भिक हुने देख्छु ।
केही पूर्ववक्ता साथीहरूको चीन र जापानले कोरिया प्रायः द्वीपलाई मिल्न दिन चाहन्नन् भन्ने ठम्याइ पूर्ण रूपले खोटपूर्ण छ । संरा अमेरिकाले दोस्रो विश्वयुद्धमा हिरोसिमा र नागासाकीमा अणु बम खसालेपछि जापानले आत्मसमर्पण ग¥यो । अमेरिकी कमाण्डर इन चिफ म्याकार्थीले जापानी राजालाई दिएको आजको संविधान अमेरिका र बेलायतले बनाएको संविधान हो । संरा अमेरिका कोरिया प्रायःद्वीप, जापान, चीन र पूर्वी एसियाका देशहरू मिलेको, शान्ति र प्रगति भएको हेर्न चाहँदैन । यसकारण दक्षिण कोरिया, जापान, फिलिपाइन्स आदि पूर्वी एसियाली देशहरूमा संरा अमेरिकी सेना तैनाथ छ ।
कोरिया प्रायःद्वीपमा युद्ध विराममात्र भएको हो, शान्ति सम्झौता भएको छैन । कुनै पनि बेला युद्ध छेड्न सक्ने हुँदा २४ सै घण्टा र बा¥है महिना सबै सतर्क रहन्छन् ।
जहाँसम्म किम इल सङ, किम जङ इल र किम जङ उनको ‘जहानियाँ शासन’ को विषय छ – युद्धको कारण र अन्य परिस्थितिले त्यसो हुन सक्ने सम्भावना हुन्छ । भारतमा नेहरू, इन्दिरा गान्धी र राजीव गान्धी, पाकिस्तानमा जतिफकर अलि, भुट्टो र बेनजिर भुट्टो, श्रीलड्ढामा बन्दरनायके र श्रीमती बन्दरनायके र छोरी चन्द्रिका कुमारातुङ्गा, बङ्गलादेशमा शेखमुजिबुर रहमान र खालेदा जियाका पति–पत्नीहरूले नै शासन गरे । त्यस्तै इन्डोनेसियामा सुकार्नो र सुकार्नो पुत्री, बर्मामा बुबा र छोरी, नेपालमा पनि एउटै परिवारका धेरैले सत्ता चलाए भने संरा अमेरिकामा पनि बाबु, छोरा र नातिले पनि सरकार चलाएको उदाहरण छ ।
रचनाकार ज्ञवालीले पेक्डु पर्वतको यात्रा गरेका भए फूलै–फूलबारे काव्य रचना गर्नुहुने थियो । चीनमा कविका मोबाइल हराएको भन्ने जस्तो घटना पहिले कहिल्यै हामीले भोगेनांै, आज चीन खुला छ र पूर्वदेखि पश्चिमसम्मका पर्यटकहरू हुँदा त्यसो भएको हुनसक्छ ।
कवि रामप्रसाद ज्ञवालीकृत महाकाव्य ‘स्वप्नदृष्टि’ को शुक्रबार आयोजित सार्वजनिकीकरण कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टी अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले व्यक्त गर्नुभएको मन्तव्यको सार–सङ्क्षेप ।)







