
दक्षिण कोरियाका अधिकारीहरुले उत्तर कोरियाद्धारा जारी पछिल्लो इन्टर कन्टिनेशनल व्लास्टिक मिसाइल (आईएसबीएम) का अगाडि अमेरिकाको थाड नामको उच्च प्र्रविधि निश्प्रभावी हुने बताएका छन् ।
दक्षिण कोरियामा अमेरिकाले जर्बजस्ती राखेको थाडले उत्तर कोरियाको आईसीबीएम मिसाइललाई कुनै पनि हालतमा रोक्न नसक्ने दक्षिण कोरियाका समाचार एजेन्सीले बताएका हुन् ।
अमेरिकाले केही वर्षदेखि दक्षिण कोरियामा टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स (थाड) नामक उच्च स्तरीय प्रविधिसहितको हतियार जडान गरेको छ । जसले उत्तरको हतियारलाई निश्प्रभावी बनाउन भनेर राखिएको हो ।
दक्षिण कोरियाका उच्च समाचार एजेन्सीहरुले दक्षिणका अधिकारीहरुलाई उदृत गर्दै उत्तर कोरियाले पछिल्लो एक महिनाको बीचमा परीक्षण गरेको दुईवटा मिसाइल निकै शक्तिशाली भएको र त्यसलाई रोक्न सक्ने ताकत अमेरिका वा कुनै पनि शक्तिसँग नभएको बताएका हुन् ।
उत्तर कोरियाको आधिकारिक अनलाइनले दक्षिण कोरियाको समाचार एजेन्सीलाई हवाला दिदै यस्तो समाचार लेखेको हो ।
कोरियाली प्रायद्धीपमा जारी तनावका बीचमा उत्तर कोरियाले जारी गरेको लगातार मिसाइल परीक्षणले अमेरिका, दक्षिण कोरिया र जापानलाई तनाव पैदा भएको विश्लेषण दक्षिणमा गरिएको छ ।








