
उत्तर कोरियाले अबको ५ दिनभित्र अमेरिकाको सैन्य क्याम्प रहेको गुआममा चारवटा शक्तिशाली मिसाइल आक्रमण गर्ने भएको छ ।
शव्दको लडाइँमा केन्द्रीत भएका अमेरिका र उत्तर कोरिया अबको केही दिनभित्र भौतिक रुपमा आमनेसामनो लडाइँमा उत्रिने भएका छन् ।
उत्तर कोरियाको अफिसियल सरकारी न्युज एजेन्सी केसीएनएलाई उदृत गर्दै बीबीसीले बिहीबार बिहान यस्तो समाचार लेखेको छ ।
गुआम आक्रमणबारे उत्तर कोरियाले भिडियो स्केच समेत तयार पारिसकेको छ ।
उत्तर कोरियाले अमेरिकालाई दिएको यस्तो चेतावनीपछि अमेरिका र सिंगो पश्चिमा शक्ति त्रसित भएका छन् ।

उत्तर कोरियाले आक्रमण गर्ने संभावित योजनाबारे तयार पारिएको स्केच







