
उत्तर कोरियाले हालै अमेरिकी साम्राज्यवादका विरुद्धमा लाखौं जनप्रदर्शन गरेको छ । बुधबार मात्र उत्तरले लाखौं जनताको उपस्थितिमा भव्य शक्ति प्रदर्शन गरेको छ ।
सो प्रदर्शनले अमेरिकालगायत पश्चिमाहरुको नाकाबन्दीलाई गतिलो जबाफ दिएको छ ।
६५ वर्षदेखि अमेरिकासँग प्रत्यक्ष र अप्रत्यक्ष युद्धमा रहेको उत्तर कोरियाले पाएको सही कम्युनिस्ट व्यवस्था, नेता र जनताको एकताले अमेरिकालाई ठाडो चुनौती दिएको छ ।
अमेरिकालगायत विश्वका शक्तिशाली देशहरुले मात्र आणविक शक्ति निर्माण गर्ने नीतिका विरुद्ध खासगरी अमेरिकी साम्राज्यवादका विरुद्ध उत्तर कोरियाले लगातार आणविक शक्ति निर्माण गरेपछि अमेरिका र टम्पलाई ठूलो बेचैन बनाएको छ ।
उत्तर कोरियाले अमेरिकालाई दिएको चुनौती मुलतः जनताको ताकतलाई एकताबद्ध गर्न सक्नु नै हो । किनकि जनताको शक्तिबिना उत्तरले न विगतमा जापानी साम्राज्यवादलाई पराजित गर्न सक्थ्यो न त अमेरिकी साम्राज्यवादलाई नै ।
त्यही भएर उत्तर कोरियाले अमेरिकी साम्राज्यवादलाई दिएको चुनौती जनताको संगठित ताकतलाई हो ।
भिडियो-







