अमेरिका र बेलायतीहरुले सिरियामा रसायनिक हतियार एजेन्ट भण्डार राखेको प्रमाण छताछुल्ल भएको छ ।

सिरियामा जारी गृहयुद्धमा विद्रोही पक्षलाई साथ दिइरहेको अमेरिका र बेलायतले सरकारी सेनाका विरुद्ध रसायनिक हतियारको भण्डार नै खडा गरेको अधिकारीहरुको दाबी रहेको छ ।

रुसको समाचार एजेन्सी टासका अनुसार बुधबार सिरियाली विदेश सहायक मन्त्री फेसल मेकेडले राजधानी दमास्कसमा पत्रकार सम्मेलन गरेर अमेरिका र बेलायतले विद्रोहीलाई साथ दिन यस्तो हतियार भण्डार तयार पारेको तथ्य सार्वजनिक भएको हो ।

सिरियाली सहायक विदेश मन्त्री मेडेगका अनुसार सरकारी सेनाहरुले विद्रोही मिलिसियालाई गिरफ्तार गरेपछि यस्तो तथ्य फेला परेको हो ।

रसायनिक हतियार एजेण्ट भण्डार सिरियाको एलेप्पो शहर र दमास्कसको पूर्वी क्षेत्रमा रहेको सिरियाली अधिकारीहरुले जनाएका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार