पेरिस कम्युनको विजय र पराजयको अनुभवले रुसी अक्टुबर क्रान्तिको सफलतामा व्यवहारिक योगदान ग¥यो र पेरिस कम्युनको असफलताका कारणहरूबाट अक्टुबर क्रान्तिमा त्यस्ता कमी–कमजोरीहरूमा न्युनीकरण देखियो ।

त्यसको प्रभाव युरोप र एसियामा समेत प¥यो । दोस्रो विश्वयुद्धपछि अक्टुबर क्रान्तिको प्रभाव एसिया र अफ्रिकाका उपनिवेशहरुका स्वतन्त्रता र मुक्ति युद्धले वैचारिक र भौतिक ऊर्जा प्राप्त भयो । अक्टुबर क्रान्ति कामदार वर्गको पहिलो राज्य व्यवस्थाको रुपमा देखियो । करोडौं करोड कामदार जनता एकबद्ध भई सोभियत सत्तालाई जोगाउन र विकास गर्न लामबद्ध भए ।

समाजवादले घोषणा गरेको व्यापक कामदार जनताको हितका केही महत्वपूर्ण बँदाहरु निम्न छन् –

क) कामदार वर्गको कामको अधिकारको सुनिश्चितता,

ख) मजदुरहरूलाई कामबाट निकाल्न नपाउने अधिकार,

ग) ८ घण्टा कामको दिन,

घ) शिक्षालाई उत्पादन श्रमसँग मिलाउने नीति,

ङ) पूर्व प्राथमिक शिक्षा, माध्यमिक र उच्च शिक्षासम्म निःशुल्क शिक्षाको अधिकार,

च) निःशुल्क स्वास्थ्य सेवा र स्वास्थ्य निवासको व्यवस्था,

छ) आवासको व्यवस्था,

ज) व्यक्तित्व विकासमा समान अवसर,

झ) जनताको जीवनबारे स्वतन्त्र अभिव्यक्तिको अधिकार,

ञ) पक्षपात र भेदभावको विरोधको अधिकार आदि ।
महिला अधिकारबारे

क) महिला कामदारहरूको निम्ति ३ महिनाको सशुल्क बिदा, नवजात शिशुहरूको स्वास्थ्य सेवा, र पौष्टिक आहारको बन्दोबस्त,

ख) महिलाहरूको निम्ति कामको तालिम, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको    बन्दोबस्त,

ग) महिला कामदारहरूलाई पनि प्रविधि र उद्योगमा समेत कामको बन्दोबस्त ।

यस्ता अनेक कामदार र महिला कामदारहरूको बन्दोबस्तको कारण युरोपका कामदार वर्गमा ठूलो प्रभाव पा¥यो र त्यहाँका मजदुर सङ्गठन र आन्दोलनमा सकारात्मक प्रभाव प¥यो । युरोपेली संसदीय निर्वाचनमा समेत कम्युनिष्ट पार्टी र मजदुर प्रतिनिधिहरूको संख्या बढ्यो । सोभियत संघले मजदुरहरूलाई दिएको सहुलियतको कारण पूँजीवादी देशहरूले पनि मजदुरहरूलाई समेत ८ घण्टाको काम र अन्य सहुलियतहरू दिन बाध्य भए ।

सोभियत संघको आर्थिक प्रगति युरोपको सबभन्दा पिछडिएको रुसलाई अक्टुबर क्रान्तिको २५ वर्षभित्र उद्योग, कृषि र प्रविधिको हिसाबले संसारको दोस्रो अर्थतन्त्रको रुपमा उभ्याइयो । त्यसको प्रभावले चीन, भारत, इन्डोनेसिया, कोरिया र भियतनामजस्ता एसियाका विभिन्न देशमा कम्युनिष्ट पार्टीहरूको स्थापना गर्नमा योगदान ग¥यो र दक्षिण–पूर्वी एसियाका धेरै मुलुकहरूका लडाकू कम्युनिष्ट पार्टीहरूको रुपमा देखा प¥यो । दोस्रो विश्वयुद्धमा सोभियत संघको विजयसँगसँगै एसियामा चीन, कोरिया र भितनाममा समाजवादको स्थापना भयो भने मंगोलिया, कम्बोडिया र लावसमा समेत त्यसको सशक्त प्रभाव देखियो ।

युरोपमा पूर्वी जर्मनी, पोल्याण्ड, रोमानिया, चेकोस्लोभानिया, हंगेरी, बुल्गेरिया, युगोस्लाभिया, अलबानियामा समाजवादी व्यवस्थाको जग बस्यो । १९६० को दशकमा ल्याटिन अमेरिकामा क्युवा एक समाजवादी देशको रुपमा उदय भयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार