
अमेरिकाद्धारा दक्षिण कोरियाकामा राखिएको टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स (थाड) तत्काल हटाउन त्यहाँका जनताले माग गरेका छन् ।
उत्तर कोरियाली सरकारको अफिसियल न्युज एजेन्सी केसीएनएले एक दक्षिण कोरियाली अनलाइन न्युज पेपरलाई उदृत गर्दै यस्तो समाचार लेखेको छ ।
दक्षिण कोरियामा काम गर्ने प्रमुख न्युज एजेन्सीहरुले आफ्ना सम्पादकीयहरुमार्फत् अमेरिकी सैन्य गतिविधिको विरोध गर्दै थाड नामको प्रविधि तत्काल हटाउन माग गरेका हुन् ।
दक्षिण कोरियाको अनलाइन न्युजपेपर मिनजोक इल्बो ले १६ अगस्तमा एक सम्पादकीय लेखेर तत्काल थाड हटाउन माग गरेको हो ।
स्मरणरहोस् दक्षिण कोरियामा अमेरिकाले हजारौं सेनासहितको अखडा राखेपछि त्यसको बेला बेलामा आम सर्वसाधारणबाट विरोध भइरहेको छ ।
तर पनि अमेरिकाले दक्षिण कोरियामा आफ्नो सैन्य उपस्थितिलाई झन् बढाउने गरिरहेको छ ।








