अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग युद्धको धम्की दिइरहँदा भने अमेरिकी एक उच्च जनरलले शान्तिमा जोड गरिरहेका छन् ।

उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको अमेरिकी उच्च सुरक्षा अधिकारीले यस्ताे बताएका छन् । डनफोर्डले चीन भ्रमणको अन्तिम दिन सञ्चारकर्मीसँगको भेटमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

अमेरिकी उच्च सैनिक जनरल जो डनफोर्डले भनेका छन् ‘अमेरिकासँग उत्तेजित उत्तर कोरियाली शासकसँग छलफल तथा समस्याको समाधान खोज्ने ‘विश्वसनीय तथा ब्यवहारिक सैन्य विकल्प’ रहेको छ ।’ अमेरिकाले दक्षिण कोरियासँगको सैन्य अभ्यासलाई रोक्ने कुनै योजना नभएको चीन भ्रमणमा रहेका डनफोर्डले सञ्चारकर्मीसँग बताए ।

तर यता अमेरिकाले दक्षिण कोरियासँग संयुक्त रूपमा गरेकाे सैन्य अभ्यासले चीन तथा प्रजग कोरिया दुवैलाई चिढाएको छ ।

‘उत्तर कोरियाली नेता किम जोङ उनलाई ब्यालिस्टक क्षेप्यास्त्र विकास गर्न दिने कुरा कल्पना बाहिरको कुरा हो जसले अमेरिका तथा यस क्षेत्रको सुरक्षामा चुनौति खडा गरिरहनेछ,’ उनले भने- ‘तर समस्याको शान्तिपूर्ण समाधान सबैको हितमा हुनेछ ।’

अमेरिकी सुरक्षा अधिकारीले भने, ‘मलाई विश्वास छ अगाडि लामो बाटो छ र हामी सम्भावनाको खोजीमा छौँ । मलाई लाग्छ समस्याको समाधान शान्तिपूर्ण रूपमा निस्कनेछ ।’

उनले बुधबार चिनियाँ सिमाक्षेत्रमा रहेको सैनिक क्षेत्रको भ्रमण गरेेका थिए ।

सोलमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनले पनि बिहीबार कोरियाली प्रायद्वीपमा युद्ध नहुने बताएका छन् ।

गत हप्ता दक्षिण कोरियाको भ्रमण गरेका जनरल डनफोर्ड बिहीबार नै जापान जाँदै छन् । जापानमा पनि उनले प्योङयाङका कारण बढेको सुरक्षा चुनौतिका बिषयमा छलफल गर्नेछन् । रासस- एएफपी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार