उत्तर कोरियाले  अमेरिकालार्इ फेरि ‘कठोर आक्रमण’ गर्ने चेतावनी दिएको छ।

दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरु गर्नुभन्दा एक दिनअघि उत्तरले यस्ताे चेतावनी  दिएको हाे । सो सैन्य अभ्यास ‘परिस्थितिलाई आणविक युद्धको अनियन्त्रित चरणमा पुर्‍याउने धृष्ठतापूर्ण हर्कत’ भएको उत्तर कोरियाले बताएको छ।

‘ट्रम्पको समूहले उत्तर कोरिया विरुद्ध घोषणा गरेको सैन्य अभ्यास धृष्टतापूर्ण व्यवहार हो, जसले परिस्थितिलाई आणविक युद्धको अनियन्त्रित चरणतफै डोर्‍याउँदैछ,’ आइतबार उत्तर कोरियाको सरकारी अखबारले लेखेको छ।

सोमबार अमेरिकी र दक्षिण कोरियाली सेनाले दक्षिण कोरियामा संयुक्त सैन्य अभ्यास सुरु गर्दैछन्। सैन्य अभ्यासलाई निरन्तरता दिए आफ्नो सेनाले जुनसुकै बेला आक्रमण गर्न सक्ने चेतावनी पनि उत्तर कोरियाले दिएको छ।

तर अमेरिकी सेनाले दक्षिण कोरियासँगको सैन्य अभ्यास नरोकिने यसअघि स्पष्ट पारिसकेको छ।

गत साता प्रशान्त महासागरीय टापु गुआमनजिक चार ओटा क्षेप्यास्त्र प्रहार गर्ने चेतावनी उत्तर कोरियाले दिएपछि आणविक युद्ध हुनसक्ने आशंकाले कोरियाली प्रायद्वीप त्रस्त बनेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार