
उत्तर काेरियाले अाइतबार मात्र शक्तिशाली हाइड्राेजन बम परीक्षण गरेलगत्तै दक्षिण कोरियाली सेनाले जमिनबाट आकासमा हान्ने खालको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।
उत्तर कोरियाको आणविक परीक्षणपछि दक्षिणले अमेरिकाकाे सहयाेगमा यस्तो क्षेप्यास्त्र हानेको समाचारमा जनाइएको छ । दक्षिण कोरियाली सेनाले सोमबार बिहान जमिनबाट आकासमा हान्ने खालको क्षेप्यास्त्र हानेको सोलबाट प्राप्त समाचारमा जनाइएको छ ।
दक्षिणको सेनाले सोमबारको बिहानको मिर्मिरे उज्यालोमा छोटो दुरीको हाइम्बु नामको ब्यालेस्टिक क्षेप्यास्त्र आकासतिर हानेको थियो । पछि त्यो जमिनमै फर्किएको दृश्य उनीहरुले सार्वजनिक गरेको भिडियोमा देखिएको छ ।
दक्षिण कोरियाली अधिकारीहरुले सार्वजनिक गरेको भिडियोमा उक्त क्षेप्यास्त्र हानेको दृश्य कैँद गरिएको छ । उक्त भिडियोमा दक्षिण कोरियाको एफ१५ लडाकू बिमानले जमिनबाट आकासमा हानेका क्षेप्यास्त्रका दृश्यहरु देखिएको छ ।
यसलाई उनीहरुले नै छोटो दुरीको भनी व्याख्या गरेका छन् । लम्बाई कति सम्म हो भन्ने बारेमा पनि उनीहरुले उक्त भिडियो वा सेनाको विज्ञप्तिमार्फत केही स्पष्ट गरेका छैनन् ।







