
अमेरिकाले दक्षिण कोरियामा राखेको टर्मिनल हाई अल्टिच्युड एरिया डिफेन्स (थाड) नामक उच्च प्रविधिको विरोधमा दक्षिण कोरियाली नागरिकले विरोध गरेका छन् ।
दक्षिण कोरियाको राजधानी सोलस्थित प्रेसेडेन्टलय ब्ल्यु हाउसमा शुक्रबार अमेरिकाले राखेको थाड नजिक दक्षिण कोरियाका जनताले विरोध प्रदर्शन गरेका हुन् ।
आफ्नो देशलाई अमेरिकाले सैन्य अखडा बनाएको भन्दै दक्षिण कोरियाली जनताले लामो समयदेखि अमेरिकी सैन्य अतिक्रमणको विरोध गर्दै आएका छन् ।
कोरियाली प्रायद्धीपमा अमेरिकाले गरेको हर्कतका विरुद्ध पनि दक्षिण कोरियाली जनता असन्तुष्ट रहेको बताइएको छ ।








