
हाइड्रोजन बमको सफल परिक्षणपछि उत्तर कोरियाली नेता कि जोङ उनले भव्य उत्सवको आयोजना गरी आफ्ना परमाणु वैज्ञानिक तथा प्राविधिज्ञहरूलाई बधाई दिएका छन्।
एक साताअघि सफल परिक्षण गरिएको हाइड्रोजन बम उत्तर कोरियाको छैठौँ तथा अहिलेसम्मको सबैभन्दा ठूलो परमाणु परिक्षण रहेको सरकारी सञ्चारमाध्यमले आइतबार दावी गरेको छ।
‘हाइड्रोजन बमको पछिल्लो परिक्षण कोरियाली जनताको रगतको मूल्यको बदलामा ठूलो विजय हो’, कोरियाली नेता किम जोङ उनलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यम केसीएनएले भनेको छ।
रमाणु वैज्ञानिक तथा अन्य वरिष्ठ सैन्य अधिकारी र पार्टी नेताहरूको सराहना गर्दै नेता उनले एक भोजको आयोजना गरेका हुन्, जसले अघिल्लो आइतबारको परिक्षणमा महत्वपूर्ण भूमिका खेलेका थिए।
राष्ट्रिय ब्याण्डसहितको उक्त पार्टी कहिले आयोजना गरियो भन्ने प्रष्ट छैन तर कतिपयले शनिबार यो पार्टी आयोजना गरिएको हुनसक्ने जनाएका छन्।
केसीएनएले आइतबार प्रकाशित गरेको तस्बिरमा उत्तर कोरियाली युवा नेता उन दुई जना वैज्ञानिकका साथ प्योङयाङस्थित पीपुल्स थिएटरमा मुस्कुराउँदै देखापरेका छन्।

भव्य उत्सवमा नेता उनसहित उच्च नेताहरू








