
क्यानेडियन अमेरिकन इन्जिनियर मस्क भन्छन् एवं स्पेस एक्स प्रमुख एलन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) का कारण तेस्रो विश्वयुद्ध हुनसक्ने चेतावनी दिएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एआइमा अगाडि हुने राष्ट्रले संसारको शासन गर्ने बताएपछि मस्कले यस्तो प्रतिक्रिया दिएका हुन्।
‘चीन, रुस र चाँडै अरु सबै देश कम्प्युटर साइन्समा सशक्त बन्नेछन्। मेरो विचारमा राष्ट्रिय स्तरमै एआइ सर्वोच्चताका लागि हुने प्रतिस्पर्धाका कारण तेस्रो विश्वयुद्ध हुनसक्छ,’ सोमबार मस्कले ट्विट गरेका छन्।
उनले नेताहरुको विवादका कारण मात्र होइन आर्टिफिसियल इन्टेलिजेन्सले गर्ने निर्णयबाट पनि युद्ध सुरु हुनसक्ने चेतावनी दिए।
मस्कले उत्तर कोरियाले आणविक क्षेप्यास्त्र प्रहार गरे त्यो ‘आत्महत्या’ हुने तर्क पनि गरेका छन्।
हालै मस्कले ज्यानमारा तथा लडाकु रोबोट बनाउन प्रतिबन्धको माग राख्दै एक सयभन्दा बढी एआइ विज्ञहरुले चलाएको हस्ताक्षर अभियानको नेतृत्व सम्हालेका थिए।

एजेन्सी







