फिलिपिन्समा त्यहाँको सरकारले फिलिपिन्स माओवादी सेनाहरुलाई आत्मसमर्पण गरेर मुलधारमा आउन गरेको आग्रहलाई माओवादी पार्टीले जोडदार रुपमा खारेज गरिदिएको छ ।

केही महिना अघिमात्र दुवै पक्षबीच युद्धविराम भंग भइसकेपछि हालै चलेको शान्तिवार्ताको क्रममा दुर्तेत सरकारले माओवादी सेनालाई भंग गरेर सशस्त्र प्रहरी बलमा व्यवस्थापन गर्न राखेको प्रस्तावलाई माओवादी पार्टीले अस्वीकार गरिदिएको हो ।

‘दुर्तेत सरकारको यो प्रस्ताव हामीलाई अस्वीकार्य छ । हामी कुनै मुर्ख होइनौं, जो सजिलै आत्मसमर्पण गछौं ।’ फिलिपिन्स कम्युनिस्ट पार्टीका एक नेताले भनेका छन् ।

सन् १९६९ देखि फिलिपिन्स कम्युनिस्ट पार्टीले सशस्त्र संघर्ष गर्दै आइरहेको छ । युद्ध र वार्ताको लामो प्रक्रिया झेलेर आएपनि शान्तिवार्ताले कुनै तार्किक निश्कर्ष निकालेको छैन ।

सन् १९३० मा स्थापना भएको फिलिपिन्स कम्युनिस्ट पार्टीले बदलिएको आजको विश्वमा क्रान्तिको नयाँ मोडल विकासमा भन्दा उही पूरानो सशस्त्र युद्धको बाटो समाएको हुँदा सफलता हात नपारेको विश्लेषण गरिन थालिएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार