अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई ध्वस्त पार्ने दिएको धम्कीपछि उत्तर कोरियाली नेता किम जोङ उनले ट्रम्पलाई दिमाग खराब भएको गुण्डाको संज्ञा दिएका छन् ।

दुर्लभ ठानिने व्यक्तिगत वक्तव्य दिंदै उत्तर कोरियाली नेता उनले यस्ताे बताएका हुन् । उनका अनुसार ट्रम्पका हालैका बयानबाजीले अाफ्नाे देश सही पथमा रहेकोबारे अाफुहरू झन् विश्वस्त भएका छन्।

उनले परमाणु कार्यक्रमलाई संकेत गर्दै त्यसो भनेको ठानिएको छ।

यसै साताको शुरुमा ट्रम्पले राष्ट्रसंघको महासभामा बोल्दै यदी अमेरिका आफूलाई रक्षा गर्न बाध्य पारिए उसले उत्तर कोरियालाई पूर्ण नष्ट गरिदिने चेतावनी दिएका थिए।

बिहीबार ट्रम्पले प्योङयाङ विरुद्धका आर्थिक प्रतिबन्ध थप कडा बनाएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार