युद्ध भड्काउने योजनासहित अमेरिकी बमवर्षक र युद्ध विमानहरु उत्तर कोरियाको पूर्वी तटीय क्षेत्रमा शक्ति प्रदर्शन गर्ने उद्देश्यले उडाइएका छन्।

२१ औं शताब्दीमा अमेरिकी युद्ध विमान या बमवर्षक विमान उत्तर कोरियाको त्यति नजिक पुगेको यो पहिलो पटक हो।बमवर्षक र युद्ध विमान अमेरिकी क्षेत्र गुआम र ओकिनावा जापानबाट उडेका थिए।

प्योङयाङको आणविक कार्यक्रमका कारण हालैका दिनमा तनाव चुलिएको छ। संयुक्त राष्ट्र संघमा कोरियाका विदेश मन्त्रीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प “आत्मघाती” लक्ष्य लिएको बताएका छन्।

विदेश मन्त्री रिले ट्रम्पले आफूहरुको ‘अपमान’ गरेको उल्लेख गर्दै भने, “मानसिक विचलन भएका ट्रम्पले पछाडि फर्कनै नसक्ने किसिमको गल्ती गरेका छन् जसले गर्दा उत्तर कोरियाली रकेट अमेरिकी मुल भूमिमा पुर्याउनु अपरिहार्य बनेको छ।”

विदेश मन्त्रीले थपे, “ट्रम्पले उनको भाषणको महँगो मूल्य चुकाउनुपर्नेछ।” ट्रम्पले आफू र आफ्ना समर्थक मुलुकहरुलाई खतरा पुर्याए उत्तर कोरिया पूर्ण रुपमा ध्वस्त बनाउने बताएका थिए।

उत्तर कोरियाली विदेश मन्त्रीको भाषण आउनु केही अघि पेन्टागनले शक्ति प्रदर्शन गर्ने घोषणा गरेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार