अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले उत्तर काेरियाका नेता किम जाेङ उनसँग भेटका लागि चिनियाँ राष्ट्रपति सि जिन पिङसँग अनुराेध गरेका छन् ।

जहाँ केही दिनअघि अमेरिकी राष्ट्रपतिले डोनाल्ड ट्रम्पले राष्ट्रसंघको महासभामा बोल्दै उत्तर कोरियाको विनाशको विकल्प नभएको बताएका थिए । त्यसको दुई दिनपछि ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग युद्धको लागि आफू तयार भएर बसेको बताएका छन् ।
बाहिर जे बोलेपनि भित्री रुपमा ट्रम्प उत्तर कोरियासँग युद्ध गर्न डराएको र धम्की दिएर तर्साउने ट्रम्पको रणनीति मात्र भएको पुष्टि भएको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले चिनियाँ अधिकारीसँग गरेको अाग्रले यो पुष्टि भएको हो ।
चीनको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरिया वार्ताको लागि आफूहरु तयार रहेको भन्दै त्यसको लागि वातावरण मिलाइदिन आग्रह गरेका छन् । चिनियाँ संचारमाध्यमका अनुसार विदेशमन्त्री टिलर्सनले चिनियाँ अधिकारीसँगको कुराकानीमा आफूहरु उत्तर कोरियाको सम्पर्कमा रहेको समेत बताएका थिए ।
चिनियाँ विदेशमन्त्री वाङ यीलगायतसँगको भेटमा अमेरिकाका विदेशमन्त्री टिलर्सनले आफूहरु वार्ताकै माध्यमबाट समस्या समाधान गर्न तयार रहेको त्यसको लागि उत्तर कोरियासँग सम्पर्कमै रहन चाहेको बताए ।







