भारतले पाकिस्तानभित्र ‘सर्जिकल स्ट्राइक’ वा परमाणु केन्द्रमाथि हमला गरे पाकिस्तान चुप लागेर नबस्ने पाकिस्तानी विदेशमन्त्री ख्वाजा मोहम्मद आसिफले चेतावनी दिएका छन्।

वाशिङटनमा आयोजित एउटा कार्यक्रममा बोल्दै उनले आक्रमण गरिएको अवस्थामा पाकिस्तानबाट कुनै किसिमको धैर्यको अपेक्षा नगर्न सुझाव दिए।

भारतीय वायु सेनाका प्रमुख वीरेन्द्र सिंह धनोआले पाकिस्तानका परमाणुसहितका केन्द्रहरुलाई ध्वस्त पार्ने क्षमता भारतसँग रहेको बताएपछि पाकिस्तानी विदेशमन्त्रीले त्यसको जवाफ दिएका हुन्।

पाकिस्तान र भारतबीच लामाे समयदेखि शत्रुतापूर्ण सम्बन्ध हुँदै अाएकाे छ । अाणविक शक्तिमा भारतलार्इ उछिनेकाे पाकिस्तान कुनै पनि बेला भारतलार्इ अाक्रमण गर्न सक्ने क्षमत्ता राख्दछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार