चिनियाँ कम्युनिष्ट पार्टीले सन् २०१२ मा सम्पन्न पार्टीको अठारौं महाधिवेशनदेखि यो वर्षको जुनसम्म स्थानीय तहको पार्टी समितिका १३ लाख ४३ हजार कार्यकर्ताहरुलाई कार्यबाही गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय अनुगमनकारी निकायले आइतबार सो तथ्याङ्क सार्वजनिक गरेको हो । यसरी कार्यबाहीमा पर्ने कार्यकर्ता टाउन वा टाउनसिप वा त्यो भन्दा तल्लोस्तरका कार्यकर्ताहरु परेका छन् । कार्यबाहीमा पर्नेहरुमा ६ लाख ४८ हजार गाउँस्तरका कार्यकर्ताहरु पनि परेका छन् ।

पार्टीको अनुशासन अनुगमनकारी निकायले पार्टी अनुशासनलाई स्थानीय स्तरसम्म बलियो बनाउन कडा कार्यबाही गरिएको आफ्नो वक्तव्यमा भनेको छ ।

यसै वर्षको अगस्तमा चिनियाँ कम्युनिष्ट पार्टी उच्चस्तरीय अनुशासन अनुगमनकारी निकायले २१ वटा काउन्टी तहको प्रशासनिक क्षेत्रमा २७० वटा मुद्दामाथि अनुसन्धान गरेको थियो । गरिबी निवारण कार्यक्रमलाई लिएर भएका अनुशासन उल्लंघनका काममाथि कार्यबाही गरिएको थियो । गरिबी निर्वारण कार्यक्रममा मात्र ३३ वटा छुट्टा छुट्टै भ्रष्टाचारका मुद्दामाथि कार्यबाही चलाइएको थियो ।

अनुगमन निकायले पाँच वर्षको अवधिमा १ लाख ५५ हजार पार्टी संगठनमा अनुशासनको अनुगमन गरेको सो निकायको वक्तव्यमा उल्लेख छ ।
ग्लोबल टाइम्सकाे सहयाेगमा अनलाइनमजदुरबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार