चिनियाँ राष्ट्रपति सि जिन पिङले देशबाट गरिबी निवारणका लागि ठोस कार्यक्रम ल्याएर काम गर्न चिनियाँ कम्युनिस्ट पार्टी सदस्यहरूलाई निर्देशन दिएका छन् ।

उनले सोमबार राजधानी बेइजिङमा चिनियाँ सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूलाई सो निर्देशन दिएका हुन् ।
चीनको चौथो राष्ट्रिय गरिबी निवारण दिवसका अवसरमा बेइजिङमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले गरिबी निवारण कुराबाट मात्र सम्भव नभएकाले ठोस कार्यक्रम ल्याएर काम गर्नुपर्नेमा जोड दिँदै अधिकारीहरूलाई सो कार्यका लागि निर्देशन दिएका हुन् ।
‘यो अरू लडाइँहरूभन्दा पनि कडा लडाइँ हुनसक्छ तर पनि हामीले गरिबीविरुद्धको लडाइँ छोड्नु हुँदैन र यसको निवारणका लागि ठोस र प्रभावकारी कार्यक्रम ल्याएर काम गर्नुपर्छ ।’ चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव रहेका राष्ट्रपति सिले भने ।
उक्त समारोहमा चिनियाँ सरकार र चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरू उपस्थित थिए ।
१ अर्ब ४० करोड जनसंख्या रहेको चीनमा अब बाँकी ८ करोड चिनियाँहरु गरिबी रहेको तथ्यांकहरुले देखाएका छन् ।
चीनले प्रत्येक वर्ष करोडौं मान्छेलाई गरिबीबाट मुक्त गर्ने कार्यक्रम लिएको छ ।







