अमेरिकामा  विगत ५० वर्षको अवधिमा बन्दुकका कारण १५ लाख भन्दा बढी मानिसको ज्यान गएको छ ।

सेन्टर फर डिसिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार अमेरिमा प्रत्येक वर्ष बन्दुकका कारण १२ हजार  मानिसको मृत्यू हुने गरेको छ । यो मध्ये आम जनसमुदायमा गरिएको गोली प्रहार सम्बन्धी घटनामा ५ लाखको ज्यान गइसकेको छ । बाँकी आत्महत्या, गल्तीले चलेको गोली र कानुनी कारबाहीमा मारिएका छन् ।

अमेरिकामा बन्दुक राख्नु मौलिक अधिकार हो । मानिसले सजिलैसँग स्टोरबाट हतियार किन्न पाउनेछन् । अमेरिकी बन्दुक उद्योगले वर्षेनी १४५.६ हजार करोड रुपैयाँको आम्दानी पनि गर्ने गरेका छन् ।

बाराक ओबामाले २ वर्ष अगाडि स्कुलमा भएको गोलाबारी पछि गन पोलिसी बनाउन माग गरेका थिए । तर संसदमा ७० प्रतिशत सांसदले यसको बिरोध गरेका थिए ।

तर हाल  सम्म यो विषयमा कुनै पनि किसिमको कानुन बन्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार