चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं चीनका राष्ट्रपति सी जिनपिङले चिनियाँ विशेषताको समाजवाद नयाँ युगमा प्रवेश गरेको घोषणा गरेका छन् ।

बुधबार चीनको राजधानी बेइजिङमा शुरु भएको चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले त्यस्तो अभिव्यक्ति दिएका हुन् । ‘हामी सबै आदिबासी समुदायका चिनियाँ जनतालाई संगठित गरी सबैलाई सबै हिसाबले मध्यम स्तरमा समृद्ध समाज निर्माणको विजयतर्फ लानेछौं । नयाँ युगको लागि चिनियाँ विशेषता सहितको समाजवादको सफलता सुनिश्चित गर्न हामी अझ अग्रसर हुनेछौं ।’, आफ्नो मन्तव्यमा सीले भनेका छन् ।

‘चीन अझै पनि विकासको कार्यनीतिक अवसरको महत्वपूर्ण समयावधिमा छ । हाम्रो सम्भावना उज्यालो छ र चुनौती पनि त्यत्ति नै निर्मम छन् ।’ सीले  ‘सबै हिसाबले मध्यमस्तरमा समृद्ध समाज निर्माणमा शानदार विजय हासिल गरौं र नयाँ युगको लागि चिनियाँ विशेषताको समाजको महान् सफलताको लागि अघि बढौं ।’

सीले आफ्नो मन्तव्यमा चिनियाँ कम्युनिष्टहरुको मुख्य भावना र लक्ष्य भनेको चिनियाँ जनताको खुशियाली र चिनियाँ राष्ट्रको पुनर्जागरण भएको धारणा राखेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको चालु महाधिवेशनले पार्टीको नयाँ नेतृत्व निर्वाचित हुनेछ । नेतृत्व छनौटको लागि बहुउम्मेद्वारी प्रतिस्पर्धा चुनाव लागु गरिने बताइएको छ ।

सम्मेलनमा दुई हजार दुई सयभन्दा बढी प्रतिनिधिहरु सहभागी छन् । चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन प्रत्येक पाँच पाँच वर्षमा  हुने गर्छ ।

१९ अाैं महाधिवेशनलार्इ संवाेधन गर्दै चीकपा महासचिव सि

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार