
चिनियाँ राष्ट्रपति सी जिन पिङले युद्धका लागि तयारी अवस्थामा रहन जनमुक्ति सेनालाई निर्देशन दिएका छन् ।
शुक्रबार आयोजित एक कार्यक्रममा जनमुक्ति सेनाका केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले युद्धको तयारीका लागि लडाकु क्षमतामा अझ थप सुधार गरेर अगाडि जान निर्देशन दिएका छन् ।
चिनियाँ सरकारकाे अाधिकारिक समाचार एजेन्सी सिन्हवामा प्रकाशित समाचारअनुसार कुन युद्ध र कस्तो खालको युद्ध लड्ने भन्नेबारे सीले नखुलाएपनि जनसेना कमाण्डरहरूलार्इ कडा निर्देशन दिएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव समेत रहेका सीले जनमुक्ति सेनाका उच्च कमाण्डरहरुसँगको भेटमा त्यस्तो निर्देशन दिएका हुन् ।
‘युद्धमा लडन् र विजय हासिल गर्न केन्द्रीय सैन्य आयोगले त्यसको नेतृत्व गर्नुपर्छ’ सीले भनेका छन् ।







