फिलिपिन्सको मनिलामा यही नोभेम्बर १२ देखि १४ अर्थात् कात्तिक २६ देखि ३० सम्म हुनलागेको एसिया प्रशान्त क्षेत्रीय  संस्था “आसियान” सम्बद्ध १८ राष्ट्रहरूका प्रमुखहरूको शिखर बैठक “इस्ट एसिया समिट” मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सहभागितालाई लिएर फिलिपिन्स तथा फिलिपिन्सबाहिर पनि  व्यापक मात्रामा विरोध भएको छ ।

विभिन्न समयमा फिलिपिन्सबाट अमेरिका गएर विभिन्न पेशामा संलग्न रहेका विद्यार्थी, प्राध्यापक, महिला, युवा, मजदुर, लेखककलाकारहरू समेत २० ओटा प्रगतिशील संस्थाहरूको साझा संस्था “बायन,युएसए” ले ट्रम्पको विरोधमा अपिल प्रकाशित गरी ट्रंपलाई फिलिपिन्स पस्न नदिन तथा फिलिपिन्सबाट अमेरिकी सेना फिर्ता गर्न व्यापक जनदबाब तथा जनप्रदर्शन गर्न आह्वान गरेको छ ।

सो अपिलमा “यस क्षेत्रका व्यापार, क्षेत्रीय तनाव लगायत विभिन्न विषयमा छलफल गर्न शिखर सम्मेलन भनिए पनि  अमेरिका, रूस र चीनले यस क्षेत्रमा  आफ्नो नवउदारवादी भूमण्डलीकरणको नीतिलाई विस्तार गर्न र प्रभुत्व कायम गर्ने उद्देश्यका लागि अमेरिकाका दुई प्रमुख प्रतिस्पर्धीहरू चीन र रूससहित १८ देशका प्रतिनिधिहरू सहभागी हुनेछन्”, भनिएको छ ।

भित्री मनसाय र उद्देश्य अर्कै भए पनि बाह्य रूपमा सो बैठकको सूचीमा चाहिँ व्यापार वार्ता, एसियामा अमेरिकी सैनाको तैनाथी, चीनको आक्रामक विस्तार, कोरिया प्रायदिपमा युद्धको स्थिति, पूर्वी र दक्षिण चीनसागरमा बढ्दो क्षेत्रीय तनाव र अन्य स्थानीय र क्षेत्रीय मुद्दाहरू रहेका छन् ।  एसिया–प्रशान्त क्षेत्रमा चीनको विस्तार रोक्न र आफ्नो प्रभुत्व कायम गर्न अमेरिकाले समग्र रक्षा खर्चमा अमेरिकी डलर ४३५ विलियनबाट ५३३ बिलियन पु¥याएको छ ।

सो कार्यक्रममा अमेरिकी साम्राज्यवादका सामु नतमस्तक फिलिपिन्सको दुतेर्ते सरकाले जनताका विरुद्ध आफ्ना योजनाहरू कार्यान्वयन गर्ने क्रममा अमेरिका तथा चीन दुवैलाई खुसी पार्ने प्रयास गनै छ, र अगामी दिनमा फिलिपिन्स जनतामाथि उसको आतङकको थप वृद्धि हुने छ भनेर पनि अपिलमा उल्लेख गरिएको छ ।  यस किसिमको स्थितिका कारण  दमनविरुद्ध अन्तर्राष्ट्रिय एैक्यबद्धताको माग गर्नु  स्वाभाविक हुन्छ भन्दै अपिलमा प्रतिरोध अभियामनलाई साथ र सहयोग दिन अनुरोध गर्दै “अमेरिकी युद्धहरूको प्रतिरोध गरौँ र  शान्तिको पक्षमा उभिऔँ”, भनिएको छ ।

अपिलको अन्त्यमा भनिएको छ :

“ट्रम्पको फिलिपिन्स भ्रमण र एसिया प्रशान्त क्षेत्र “एसियान” र “इएएस” मा नव–उदारवादी एजेन्डाको विरोधको आह्वानको कार्यक्रमलाई समर्थन गरौँ र अमेरिकी साम्राज्यवादबाट सही अर्थमा  स्वतनत्र हुन  फिलिपिन्सका जनताले चलाएको सङ्घर्षको आन्दोलनमा सहभागी बनौँ । हामी अमेरिका  फिलिपिन्स छोड् भन्छौँ ।”

यसैबीच बायनका कार्यकर्ताले रास्ट्रपति भवन अगाडि नारा-जुलुस गर्नुका साथै अमेरिकी झण्डा जलाएका छन्  ।

जनमेलबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार