अमेरिकासँग दुश्मनी साँधेका दुर्इ समाजवादी राष्ट्र उत्तर कोरिया र क्युबाले नयाँ शिराबाट सहकार्य गरेर जाने सहमति गरेका छन् ।

उत्तर काेरियाका विदेशमन्त्री (बायाँ) र क्युवाका विदेशमन्त्री (दायाँ), क्युवामा पत्रकार सम्मेलनपछि ।

क्युबाको भ्रमणमा रहेका उत्तर कोरियाली विदेशमन्त्री रि योङ हो र क्युबाली विदेशमन्त्रीको भेटवार्तापछि जारी भएको संयुक्त विज्ञप्तिमा यी दुई देशले आपसमा मिलेर अघि बढ्ने सहमति गरेका हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले उत्तर कोरियाका विरुद्धमा आर्थिक नाकाबन्दी लगाएको छ। यतिमात्र नभएर उत्तर कोरियाका विरुद्धमा अमेरिकाले सेना पनि परिचालन गर्नसक्ने बताउँदै आएको छ।

उता क्युबासँग पनि पछिल्लो समयमा अमेरिकाको सम्बन्ध बिग्रिएको छ । क्युबासँगको सम्बन्धका कारण अमेरिकाले गत महिनामात्र क्युबामा रहेको अमेरिकी दूतावासबाट आफ्ना आधा कर्मचारी फिर्ता बोलाएको छ।

यस्तो अवस्थामा यी दुवै देशले एक भएर अघि बढ्ने सहमति गरेका हुन् । उनीहरुले कुनै पनि समस्याको समाधानका लागि दुई देशले आपसमा समन्वय गरेर आपसी सहयोगका साथ अघि बढ्ने बताएका हुन्।

सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै क्युबा र उत्तर कोरियाले भने असल कूटनीतिक सम्बन्ध कायम गर्दै आएका छन् ।

उत्तर कोरियाले पछिल्लो समयमा आणविक क्षेप्यास्त्र परीक्षण गरिरहेका कारण त्यसको विरोध गरिरहेको अमेरिकाका विरुद्धमा उत्तर कोरिया झन् कडा रुपमा प्रस्तुत हुने गरेको छ। यसकारण यी दुई देशको सम्बन्ध अहिले राम्रो छैन।

रासस/सिन्ह्वा

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार